पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिने क्रममा आक्रो’शित भएका राष्ट्रपति जो बाइडेनले पछि पत्रकारसँग मा’फी मागेका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको जेनेभा सम्मेलनपछि आयोजित पत्रकारसम्मेलनको अन्त्यतिर सीएनएनका पत्रकार क्याटलान कोलिन्सले सोधेको प्र’श्नको जवाफ दिने क्रममा बाइडेन आक्रो’शित भएका थिए । पछि एयरफोर्स वान मार्फत जेनेभा प्र’वेश गर्नुअगाडि पत्रकारहरुको समुहमा गएर उनले मा’फी मागेका थिए । उनले अन्तिम प्र’श्नको जवाफ दिने क्रममा आक्रो’शित भएर आफूबाट ग’ल्ती भएको पनि स्वी’कारे। तर उनले पत्रकारहरुले आफूलाई कहिले पनि सकारात्मक प्रश्न नसोधेको भन्दै गुनासो भने गरे ।
बाइडेनले भने – ‘तपाई राम्रो पत्रकार हुनका लागि नका’रात्मक हुनुभयो । मलाई लाग्छ, जसले गर्दा तपाईको जीवनमै नका’रात्मक दृष्टि’कोण बन्यो ।’
अगाडिको पत्रकार सम्मेलनमा पत्रकार कोलिन्सले ‘पुटिनले बैठकपछि आफ्नो व्यवहार बदल्ने कुरामा किन उनी पक्का थिए?’ भनेर प्र’श्न सोधेकी थिइन् । त्यतीबेला बाइडेनले आक्रो’शित हुँदै भनेका थिए – ‘पुटिनले व्यहार बदल्नेछन् भन्ने कुरामा म पक्का छैन । तपाई सधै के गर्नुहुन्छ ? मैले कहिले पक्का छु भनेर भनें ?’
पुटिनले साइबरआक्रमणमा संल’ग्नता अस्वी’कार गरेको, मानव अधिकार उल्लं’घनलाई अव’मूल्यन गरेको लगायतका विषयमा पत्रकार कोलिन्सले सं’केत गरेकी थिइन् । ‘रचनात्मक बैठक थियो भने किन यस्तो भयो ?’ भन्नेबारे कोलिन्सको प्र’श्नमा बाइडेन जं’गिए – ‘यदि तपाई त्यती कुरा पनि बुझ्नुहुन्न भने तपाई गलत व्यवसायमा हुनुहुन्छ ।’
त्यसपछि बाइडेनले प्र’श्नलाई उचित तरिकाले सम्बोधन नगरी स्टेज छाडेका थिए । स्रोत खसोखास डट कम