नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी सम्बद्ध ३० मेडिकल मजदुरहरुलाई प्रहरीले पक्राउ गरेको छ । मेडिकल कलेजमा अवरोध गर्न खोजेको भन्दै प्रहरीले ती मेडिकल मजदुरहरुलाई पक्राउ गरेको हो ।
निकट अखिल नेपाल स्वास्थ्य तथा सरसफाइ श्रमिक मजदुर संघमा आबद्ध चितवन मेडिकल कलेजका मजदुरहरुले सेवा शुल्क बढाउन माग गर्दै आन्दोलन गर्दै आएका छन् ।
उक्त मेडिकल कलेजमा काम गर्दै आएका १ सय २२ मजदुरहरुले स्थायी नियुक्तिको माग गर्दै आन्दोलन गर्दै आएका थिए । आन्दोलनरत मजदुरहरुले आइतबार अस्पतालको ओपीडी सेवा अवरोध गर्न खोजेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । अस्पतालको सेवा बन्द गराउन खोजेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आन्दोलनरत मजदुरहरुले अस्पताल प्रशासनको गेटमा फोहर थुपारेर प्रशासन बन्द गराएका थिए ।
विप्लव मजदुुरहरुले भने शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरी कुटपीट गरेको आरोप लगाएका छन् । प्रहरीको कुटाइबाट केही मजदुर घाइते भएको उनीहरुले जनाएका छन् ।