८३ वर्षीया आमाको करोडौंको सम्पत्ति हत्याएर अलपत्र पारेको आरोपमा पक्राउ परेकी नेपाल राष्ट्र बैँककी निर्देशक पूर्पक्षको लागि कारागार चलान

८३ वर्षीया आमाको करोडौंको सम्पत्ति हत्याएर अलपत्र पारेको आरोपमा पक्राउ परेकी नेपाल राष्ट्र बैँककी निर्देशक पूर्पक्षको लागि कारागार चलान


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३१ चैत्र २०७७
  • 12.7K
    Shares

शुष्मा रेग्मी

आफ्नै ८३ वर्षीय आमा शोभा रिजालको करोडौंको सम्पत्ति हत्याएर उनलाई अलपत्र पारेको आरोपमा पक्राउ परेकी नेपाल राष्ट्र बैँककी निर्देशक सुष्मा रेग्मी रिजाल पूर्पक्षको लागि कारागार चलान भएकी छिन् ।

काठमाडौ जिल्ला अदालतले उनलाई पुर्पक्षमा राखेर अनुसन्धान गर्न आदेश दिएपछि जगन्नाथ देवल सुन्धारा महिला वन्दी गृहमा थुनामा पठाइएको काठमाडौं प्रहरीले जनाएको छ ।

सुष्मा रिजाल र उनका पति कमलप्रसाद रेग्मीले ८३ वर्षीय शोभा रिजाललाई अलपत्र छाडिदिएका हुन् । रेग्मी पनि नेपाल सरकारका सहसचिवबाट अवकाशप्राप्त कर्मचारी हुन् ।

शोभा रिजालको जाहेरीले उनलाई प्रहरीले पक्राउ गरेर जेष्ठ नागरिक सम्वन्धी कसुर मुद्धा चलाएको थियो ।

छोरी सुष्मा र ज्वाईं कमल रेग्मीले पाठेघर क्यान्सरले थला परेकी ८३ वर्षीय शोभा रिजालको माछापुच्छ«े बैंक खाताबाट ६ करोडभन्दा बढी रकम कीर्ते हस्ताक्षर गरी निकालेको आरोप छ । माछापुच्छ«े बैंक र विराटनगरको सिर्जना फाइनान्समा रहेको खाताबाट कीर्ते सही गरी आफ्नै छोरीले ६ करोडभन्दा बढी रकम निकालेको उजुरी लिएर शोभा रिजाल महानगरीय प्रहरी परिसर टेकु, जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पटक पटक धाइसकेकी छिन् । तर राष्ट्र बैंकको निर्देशक पदको तुजुक देखाउँदै छोरी सुष्माले प्रहरीमा उजुरी दर्ता गर्नबाटै रोक्दै आएकी छिन् ।

विराटनगरको धनाढ्य परिवारका शोभा रिजालका पति भूपेन्द्रप्रसाद रिजालको २०७५ मंसिर १ गते निधन भयो । बाबुको मृत्यु अघि नै मोरङको करोडौं पर्ने जग्गा उनले आफ्नो नाममा ल्याईसकेकी थिइन । भूपेन्द्र र शोभाका चार वटी छोरी गीता, सुस्मा, गंगा र नुतन हुन् भने एक छोरा सुरेन्द्र रिजाल हुन् । जेठी गीता अपांग छिन्, माइली सुष्मा राष्ट्रबैंककी हाकिम, साइली गंगा रिजाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ हुन् भने कान्छी नुतन रिजाल अमेरिका छिन् । करोडौंको सम्पत्ति भएपनि उनी अहिले बेसहारा जस्तै छिन् ।

छोराको सामान्य पेन्सनले उनलाई स्याहार गर्न नसक्ने बताएकाले उनी थप पीडामा छिन् । छोराले पहिले नै अशंवण्डा गरी विराटनगरको सम्पत्ति नलिने भनि बल्खुको घर लिएर बसेका थिए । बाबुको उपचारदेखि बाबुआमा र अपांग दिदीको हेरचाह सुष्माले गर्छु भनेर बाबु जीवित हुँदै दशौं करोडको धन सम्पत्ति आफ्नो नाममा कायम गराउन सफल भईन । बाबुको मृत्युपछि उनले क्यान्सरपीडित आमा र अपांग दिदी गीतालाई सानेपास्थित घरबाट निकालिदिइन । सबै सम्पत्ति लिएर आफुलाई घरबाट निकालेपछि शोभा र उनकी अपांग छोरी गीता बल्खुस्थित छोरा सुरेन्द्रको घरमा शरण लिई बसेका छन् ।

सम्पत्तिजति दिदी सुष्मालाई दिएकाले छोराले समेत उनीहरूको राम्रो हेरचाह गरेका छैनन् । आमा शोभाको कीर्ते सही गरी छोरी सुष्माले माछापुच्छ«े बैंक, अरनिको सहकारीबाट रकम निकालिसकेपछि उनीहरूलाई खान नदिई घरमै बन्धक बनाएर राखेको अवस्थामा छोरा सुरेन्द्र र साइली छोरी गंगालाई फोन गरी २०७६ फागुन ७ गते मुक्त भएको कुरा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दिएको जाहेरीमा उल्लेख छ ।

स्व. भूपेन्द्र प्रसादको नाममा रहेको मोरङको बिघौंबिघा जग्गा, वित्तीय संस्थाहरूमा रहेको ६ करोडभन्दा बढी रकम हात पारेकी राष्ट्र बैंककी हाकिम सुष्माले बाबु जीवित हुँदा पनि २ करोडभन्दा बढी रकम लिएको शोभाले उजुरीमा उल्लेख गरेकी छिन् । जुन रकम लिएको विवरण सरोकारवाला निकायले वित्तीय संस्थाको स्टेटमेन्ट हेरेपनि खुल्ने शोभा बताउँछिन् ।

सुष्माले सम्पत्ति हात पारेर खान लगाउन र स्वास्थ्य उपचारमा पूर्णत बेवास्ता गरी मरणासन्न अवस्थामा पु¥याएको र आफ्नो नाममा रहेको २२ तोला सुन, १ सय तोला चाँदी र १८१६ कित्ता विभिन्न वित्तीय संस्थाको सेयर, चेक, नागरिकता, वृद्धभत्ताको प्रमाणपत्रसमेत नदिई आमालाई अलपत्र पारेको कुरा उजुरीमा उल्लेख छ ।

 

 

प्रतिक्रिया