खाल्डोमा लडेकी महिलालाई जिउँदै पुरेको आरोपमा डोजर चालक पक्राउ

खाल्डोमा लडेकी महिलालाई जिउँदै पुरेको आरोपमा डोजर चालक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ६ चैत्र २०७७
  • 8.9K
    Shares

माटोको ढिस्कोले पुरिएर मृत्यु

खाल्डोमा लडेकी महिलालाई उद्धार गरी उपचारका लागि अस्पताल लैजानु पर्नेमा जिउँदै पुरेको आरोपमा प्रहरीले डोजर चालकलाई पक्राउ गरेको छ।

धादिङको त्रिपुरासुन्दरी–१, सल्यानटारमा डोजरको ठक्करबाट घाइते भएकी सरस्वती कुमाललाई जिउँदै पुरेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले दाङ घर भएका डोजर चालक भीमबहादुर बुढाथोकीलाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिलाई धादिङ बुझाएर ज्यान सम्बन्धी कसूरमा विस्तृत अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

धादिङको खोल्सी जिपजिपेमा फागुन १७ गते भएको घटनामा घाँस बोकेर घरतिर फर्किँदै गरेकी ४५ वर्षीया सरस्वती कुमाल खाल्डोमा खसेकी थिइन् । तर, चालक बुढाथोकीले उद्दार गर्नुको  साटो खाल्डोमा वरिपरीको माटो ल्याएर पुरिदिएका थिए ।

सल्यानटार–आरुघाट सडकखण्डमा चल्ने एक बसका यात्रुले डोजरले मान्छे पुरेको भन्दै हल्ला गरेपछि बुढाथोकी डोजर छाडेर भागेका थिए । त्यसपछी आक्रोशित स्थानीयवासीले डोजरमा ढुंगामुढा र आगजनी गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार