गण्डकी प्रदेश ट्राफिकमा उत्कृष्ट कार्य सम्पादन गर्ने बाग्लुङ र स्याङजा ट्राफिक पुरस्कृत

गण्डकी प्रदेश ट्राफिकमा उत्कृष्ट कार्य सम्पादन गर्ने बाग्लुङ र स्याङजा ट्राफिक पुरस्कृत


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ४ चैत्र २०७७
  • 25.6K
    Shares

janasanchar ,गण्डकी प्रदेशमा उत्कृष्ट प्रहरी कार्यालयको पुरस्कार ग्रहण गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाग्लुङ्गका प्रमुख प्रनानी पाठक , ट्राफिक प्रहरी पुरस्कृत, ट्राफिक प्रहरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, बागलुङ्ग

गण्डकी प्रदेशमा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय, गगनगौडा कास्कीले जिल्ला ट्राफिक प्रहरी कार्यालय बाग्लुङ र स्याङजालाई पुरस्कृत गरेको छ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्र.ना.म.नि. (डिआईजी) घनश्याम अर्याल र गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय, गगनगौडा कास्की प्रमुख एसपी ढकाल विच भएको कार्य सम्पादन सम्झौता अनुरुप उत्ल्रिष्ट काम गरेको भन्दै उनीहरुलाई पुरस्कृत गरिएको प्राप्त समाचारमा जनाइएको छ।

पोखरामा आयोजित एक कार्यक्रमका बीच गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय, गगनगौडा कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रभु प्रसाद ढकालले पुरस्कृत गरे।  त्यस अवसरमा एसपी ढकालले पुरस्कृत प्रहरी अधिकृत तथा जवानहरुलाई पुरस्कार वितरण गरेका थिए।

गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले मिति २०७७ फागुन महिना देखि लागू हुने गरी ट्राफिक प्रहरीको कार्य सम्पादनलाई प्रतिस्पर्धी बनाई थप उपलव्धीमुलक बनाई राख्न अन्तर इकाई कार्य सम्पादन मुल्याङकन २०७७ तयार गरी कार्यान्वयनमा ल्याएको थियो  । त्यस मुल्याङकनमा सवारी दुर्घटना न्यूनिकरण, ट्राफिक व्यवस्थापन, र अन्य विषय समेटेर ४० बुँदे मुल्याङकन तालिका बनाई सो अनुसारको कार्य सम्पादन मुल्यांकन गरिएको ण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

janasanchar ,ट्राफिक प्रहरी, ट्राफिक प्रहरी पुरस्कृत, उत्कृष्ट ट्राफिक प्रहरी गण्डकी प्रदेशमा उत्कृष्ट द्वितीय ट्राफिक प्रहरी कार्यालयको पुरस्कार ग्रहण गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्गजाका प्रमुख
गण्डकी प्रदेशमा उत्कृष्ट द्वितीय ट्राफिक प्रहरी कार्यालयको पुरस्कार ग्रहण गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्गजाका प्रमुख

प्रतिक्रिया
सम्बन्धित समाचार