जिप र मोटरसाईकल ठोक्किंदा मोटरसाइकल पछाडी बस्ने नेपालीको मृत्यु, मोटरसाइकल चालक गम्भीर घाइते

जिप र मोटरसाईकल ठोक्किंदा मोटरसाइकल पछाडी बस्ने नेपालीको मृत्यु, मोटरसाइकल चालक गम्भीर घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ४ चैत्र २०७७
  • 5.6K
    Shares

जीप र मोटरसाइकल ठोक्कियो, janasanchar दुर्घटना,accident

कास्की जिल्लाको नयाँपुलमा मंगलबार साँझ भएको सवारी दुर्घटनामा एक किशोराको म्र्तियु भएको छ।

पर्वतबाट काँडेतर्फ आउँदै गरेको ग १ ज ६९५० नं.को जिप र बिपरित दिशातर्फ जाँदै गरेको ध २ प १११९ नं.को मोटरसाईकल  अन्दाजी ०६:०० बजे कास्की जिल्लाको अन्नपूर्ण गाँउपालिका-५ नयाँपुल स्थित पोखरा बाग्लुङ सडक खण्डमा एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा  मोटरसाईकल पछाडी सवार कास्की जिल्लाको अन्नपूर्ण गाँउपालिका-६ हाईजुङ बस्ने वर्ष १७ को बिश्व नेपालीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

त्यस दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार दुवै जनालाई उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पतालमा ल्याइएकोमा नेपालीको सोही अस्पतालमा उपचार हुँदै हुँदै  आज मृत्यु भएको प्रहरीले जनाएको छ। तर सोही दुर्घटनामा गम्भीर घाइते बनेका मोटरसाईकल चालक तनहुँ घर भई हाल कास्कीको अन्नपुर्ण गाँउपालिका-५ नयाँपुल डेरा गरी बस्ने वर्ष १८ को महमद समिनको
सोही अस्पतालमा उपचार भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।  उनको अवस्था गम्भीर रहेको प्राप्त समाचारमा जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार