९४ वर्षका बृद्ध सुस्त मनस्थितिकी युवतीलाई बलात्कार गरेको आरोपमा स्याङ्जाबाट पक्राउ

९४ वर्षका बृद्ध सुस्त मनस्थितिकी युवतीलाई बलात्कार गरेको आरोपमा स्याङ्जाबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ४ चैत्र २०७७
  • 8K
    Shares

वलात्कार

९४ वर्षका वृद्ध भन्नासाथ आफन्त वा लट्ठीको सहारामा हिँडडुल गर्ने, ओछ्यानमा सुतिरहने भनेर अनुमान गरिन्छ । तर स्याङ्जाका ९४ वर्षीय एक वृद्ध भने बलात्कार जस्तो जघन्य अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेका छन् । सुस्त मनस्थितिकी २७ वर्षीया युवतीलाई जंगलमा लगेर बलात्कार गरेको आरोपमा पुतलीबजार नगरपालिका–१३ बिसौनाका हीराबहादुर घर्ती पक्राउ परेका हुन् । उनी जंगलमा रंगेहात पक्राउ परेको प्रहरीले जनाएको छ ।

युवतीका दाजुले गत फागुन २१ गते जंगलमा बहिनीसँग देखेपछि गाउँलेलाई बोलाएर वृद्धलाई नियन्त्रणमा लिएका थिए । प्रहरीले भोलिपल्टै मुद्दा दर्ता गरे पनि घटना बाहिर ल्याएको थिएन । ‘उहाँले आरोप स्विकार्नुभयो । यस्तो घटना बाहिर ल्याउँदा राम्रो हुँदैन भनेर कानुनी रूपमा अगाडि बढाए पनि सार्वजनिक गरेनौं,’ जिल्ला प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले भने ।

घर्तीलाई सामान्य रुघाखोकी लागेकाले चार दिनसम्म अस्पतालमा उपचार गराएर प्रहरी हिरासतमा राखिएको छ । घर्तीलाई प्रहरीले फागुन २२ मा पक्राउ गरेर भोलिपल्ट जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दा दर्ता गरी म्याद थपेको थियो । अहिले उनको स्वास्थ्य सामान्य रहेको प्रहरीले जनाएको छ । पीडित युवती परिवारको संरक्षणमा रहेको प्रहरीले जनाएको छ । source ekantipur.com 

प्रतिक्रिया
सम्बन्धित समाचार