पोखरामा भएको प्याराग्लाइडिङ दुर्घटनामा तालिमरत सैन्य जवानको मृत्यु

पोखरामा भएको प्याराग्लाइडिङ दुर्घटनामा तालिमरत सैन्य जवानको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३ चैत्र २०७७
  • 6.7K
    Shares

पोखराको प्याराग्लाइडिङ्ग

पोखरामा सोमबार प्याराग्लाइडिङ दुर्घटना हुदा एक जना सन्या जवानको मृत्यु भएको छ।

मृत्यु हुने सैन्य जवान धादिङ घर भई पोखरा कालिजङ्ग गणमा कार्यरत २३ वर्षीय राजाराम मगर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्राप्त समाचार अनुसार, नेपाली सेनाको प्याराग्लाइडिङको २० द्दिनदेखि नियमित प्रशिक्षण   चलिरहेको छ।  सोही तालिममा सहभागी सैन्य जवान मगरले एसआइभी गर्ने बेलामा सोमबार दिउसो २ :१५ बजे प्याराग्लाइडिङ दुर्घटनामा परेका थिए।  उनलाई तत्काल उद्धार गरी पोखराको रानिपौवास्थित सैनिक अस्पतालमा उपचारको लागि लगिएकोमा साँझ करिब ४ :४५ बजे निधन भएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुबास कुमार हमालले समय नेपाललाई जानकारी दिए ।

यस बारेमा भने नेपाली सेनाले आधिकारिक रुपमा कुनै जानकारी दिएको छैन। फाइल फोटो 

 

प्रतिक्रिया
सम्बन्धित समाचार