लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा मण्डल पक्राउ

लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा मण्डल पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३ चैत्र २०७७
  • 8.4K
    Shares

arrest

कर्मचारीसहित आठ घाइते हुने गरी सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोटमा संलग्न रहेको आरोपमा सोमबार साँझ सशस्त्र प्रहरीको टोलीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लहान नगरपालिका–१८ भदैयाका २८ वर्षीय बलराम मण्डल रहेका छन् । मालपोत कार्यालयमा जडान गरिएको सिसिटिभी क्यामेराको फुटेजकाआधारमा मण्डलकै संलग्नता रहेको देखिए पछि सशस्त्र प्रहरी बेश क्याम्प सुखीपुरबाट खटिएको टोलीले सुखीपुर नगरपालिका–२ विद्यानगरबाट मण्डललाई पक्राउ गरेको सिरहाका सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र गिरीले जानकारी दिए ।

मण्डललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइने उनले बताए । सो बिस्फोटन गराउने जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का कार्यकता रहेको प्रहरीले जनाएको छ । आइतबार दिउँसो १ बजे भएको शक्तिशाली बम विस्फोटमा परी मालपोत कार्यालयका कर्मचारी नायब सुब्बा शिवकुमार यादवसहित आठ जना घाइते भएका थिए ।

सो घटनाको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) जयकृष्ण गोइत समूहले लिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार