आफन्तकोमा पूजाको निम्तो मान्न गएका एक किशोर बागलुङस्थित झ्याउरे खोलामा मृत भेटिएका छन्।
निसीखोला गाउँपालिका–१ का १७ वर्षीय जोकलाल कामी बुधबार राति स्थानीय झ्याउरे खोलामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकबाल हवारीले जानकारी दिए। उनी आफन्तकोमा पूजाको निम्तो मान्न सोमबार घरबाट निस्केका थिए।
शव पोस्टमार्टम गरेर परिवारलाई बुझाइएको र घटनाको अनुसन्धान भइरहेको हवारीले जानकारी दिए ।