भरुवा बन्दुकसहित सन्देश गुरुङ गोरखामा पक्राउ

भरुवा बन्दुकसहित सन्देश गुरुङ गोरखामा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २८ फाल्गुन २०७७
  • 6.9K
    Shares

‘पोइन्ट टुटु’ नामक बन्दुक

भरुवा बन्दुकसहित संदेश गुरुङ गोरखामा पक्राउ परेका छन्।  उनलाई प्रहरीले गोरखाको चमनुब्री गाउँपालिका–३ सिर्दिबासस्थित उनकै घरबाट पक्राउ गरेको हो।

भरुवा बन्दुक पड्काएको सूचना पाएको सिर्दिवास प्रहरी चौकीबाट खटिएको टोलीले लुकाई राखेको अवस्थामा बन्दुक फेला पारेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहालले जानकारी दिए।

घटनाको थप अनुसन्धान भइरहेको र शुक्रबार गुरुङ विरुद्ध हातहतियार खरखजना अन्तर्गत मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाउने डिएसपी दाहालले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार