बाराको कलैया उपमहानगरपालिका वडा नम्बर–८ का वडाध्यक्ष यादवको निधन

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर–८ का वडाध्यक्ष यादवको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २८ फाल्गुन २०७७
  • 6.8K
    Shares

bikram yadab , janasanchar ,विक्रम यादव

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर–८ का वडाध्यक्ष विक्रम यादवको बिहीबार निधन भएको छ।

वडाध्यक्ष यादवको बिहीबार बिहान काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो।

एक सातादेखि लिभर सिरोसिसको उपचार गराइरहेका उनको बिहीबार बिहान करिब १० बजेको समयमा निधन भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।

यादव स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार