बागलुङको महभीरबाट पिकअप भ्यान खस्यो, एकजनाको मृत्यु, पाँच जना गम्भिर घाईते

बागलुङको महभीरबाट पिकअप भ्यान खस्यो, एकजनाको मृत्यु, पाँच जना गम्भिर घाईते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २७ फाल्गुन २०७७
  • 6.7K
    Shares

जीप दुर्घटना

बागलुङको तमानखोला गाउँपालिकास्थित महभीर नजिकैको भिरममा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना गम्भिर घाईते छन् ।

पालिका मुकाम बोंगादोभानबाट महभीर गाउँका लागि हिँडेको ग१ज ५७०५ नम्वरको पिकअप भ्यान  बिहिबार दिउँसो महभीर नजिकैको भीरबाट खसेर दुर्घटनाग्रस्त बनेको थियो।  सो दुर्घटनामा परेर मृत्यु भएका यात्रीको परिचय नखुलेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा घाईतेमध्ये तीन जनालाई प्रभु हेलिकप्टर मार्फत पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान साबिक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याइएको छ भने बाँकी दुई जनाको समेत अवस्था गम्भिर रहेकाले दोस्रो पटक हेलिकप्टर बोलाएर अस्पताल पठाउने तयारी भैरहेको छ ।

चालक सहित छ जना सवार भ्यान साँघुरो सडकबाट आन्दाजी दुईसय मिटर तल खसेर दुर्घटनाग्रस्त बनेको प्राप्त समाचारमा जनाइएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार