गोर्खाका दुई युवा पेस्तोलसहित कावासोतीबाट पक्राउ परे

गोर्खाका दुई युवा पेस्तोलसहित कावासोतीबाट पक्राउ परे


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २४ फाल्गुन २०७७
  • 7.4K
    Shares

arrest

गोर्खाका दुई युवा पेस्तोलसहित कावासोतीबाट पक्राउ परेका छन्।

गोरखा जिल्ला चुमनुम्ब्री गाउँपालिका दुई जना युवा १८ वर्षीय दयाराम कार्की र गोविन्द गुरुङ पेस्तोलसहित कावासोतीबाट पक्राउ परेका हुन्।

उनीहरु चढेको ना ५ ख ६५६३ नम्बरको बसलाई पूर्वी पश्चिम राजमार्ग अन्तर्गत कावासोती १६ चालिसकिलोमा चेकजाँच गर्ने क्रममा उनीहरको साथबाट प्रहरीले एक थान पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी दिलिपकुमार गिरीले जानकारी दिए।

उनीहरुले त्यो पेस्तोल कहाँबाट ल्याएको र के प्रयोजनका लागि ल्याएका थिए भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार