पोखराको पृथ्वीचोकस्थित गण्डकी मेडिकल कलेज एण्ड हस्पिटल अगाडी आज एक महिला मृत फेला परेकी छिन।
उक्त हस्पिटल अगाडी पोखरा महानगरपालिका वडा नम्बर १८ सेदी बस्ने ३९ वर्षीय विमला वि.क. मृत भेटिएको प्रहरीले जनाएको छ ।
आइतबार बिहान १० बजे सडकको छेउमा उनी मृत फेला परेको जानकारी प्रहरीले दिएको छ।
उनको मृत्युको बारेमा थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए ।