रोल्पाका कृष्णबहादुर बोहरालाई काठमाण्डौको गोंगबुमा बिभत्स तरीकाले हत्या गरेको आरोप लागेकी एक महिलालाई जिल्ला अदालत काठमाण्डौले आजीवन कारावासको सजाय सुनाएको छ।
रोल्पा रून्टीगढी गाउँपालिका-७ घर भई गोंगबुस्थित एक होटलमा बस्दै आएका बोहराको बिभत्स तरीकाले हत्या गरेको आरोप लागेकी चितवन घर भै काठमाण्डौको गोंगबुमा बस्ने ३७ वर्षीया कल्पना मुडभरीलाई जिल्ला अदालत काठमाण्डौले फागुन १३ गते आजीवन काराबासको सजाय सुनाएको हो। जिल्ला अदालत काठमाडौंका न्यायाधिश राजेन्द्र अधिकारीको इजलासले उनलाई जिवीत रहुञ्जेल काराबासको सजाय सुनाएका हुन्। शब बोक्न सहयोग गरेको भनिएकी उनकी नाबालिका छोरीलाई भने अदालतले सफाई दिएको छ।
प्राप्त समाचार अनुसार, फेसबुकमा चिनजान भएपछी कल्पनाको डेराकोठामा बोहरा आउनेजाने क्रम भएको र त्यही क्रममा यौन सम्बन्ध समेत कायम भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो। तर मृतक बोहराले कल्पना मुडभरीको नक्कली फेसबुक आईडी बनाएर उनका नग्न फोटोसमेत राख्नथालेपछि आक्रोशित बनेर गएको साउन २४ गते योजनाबद्ध तरीकाले हत्या गरी टाउको, खुट्टा काटेर उनको जिँउ सुटकेसमा राखेर नवज्योतिमार्गमा फ्याँक्न लगेकी थिइन् भने टाउको र खुट्टा भने केही पर फ्याँकेकी थिइन।
गोंगबु बस्ने कृष्णबहादुर बोहराको टाउको र खुट्टा बिनाको शव गत साउन २५ गते सुटकेसमा भेटिएको थियो। पछि प्रहरी तालिम प्राप्त जोजो नामको कुकुरको मद्दतले टाउको र खुट्टा फेला पारेको थियो।
जिल्ला अदालत काठमाण्डौका सूचना अधिकारी नरेन्द्रकुमार शर्माले फागुन १३ गते न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले उनलाई जिवीत रहुञ्जेल काराबासको सजाय सुनाएको जानकारी दिए। त्यस्तै कल्पनाकी छोरीले भने सफाइ पाएकी छन्।
नाबालकसमेत रहेकी उनलाई अदालतले सफाइ दिएको हो। ‘सुटकेस बोकाउन सहयोग गरेको भनिएकी छोरीलाई अदालतले सफाइ दिएको छ। उनले मृतक रहेको सुटकेस फोहोर भएको भन्ठानेर फोहोर फाल्न लगेको भन्ने बयान दिएकी थिइन्। त्यहीँ आधारमा उनले सफाइ पाएकी छन्,’ शर्माले भने।
‘आमाको हकमा जन्मकैदको सजाय हुनेमा अत्यन्त क्रुर वा निर्ममतापूर्वक ज्यान मारेकोले सोही संहिताको दफा ४१ बमोजिम जीवित रहेसम्म कैद हुने भनिएको छ,’उनले भने।
गोंगबु बस्ने कृष्णबहादुर बोहराको टाउको र खुट्टा बिनाको शव गत साउन २५ गते सुटकेसमा भेटिएको थियो। पछि प्रहरी तालिम प्राप्त जोजो नामको कुकुरको मद्दतले टाउको र खुट्टा फेला पारेको थियो।
शव भेटिए पनि प्रहरीले केही दिन कृष्णबहादुरको पहिचान खुलाउन सकेको थिएन। त्यसपछि प्रहरीले शवको तस्वीर सार्वजनिक गरेपछि उनको पहिचान खुलेको थियो। सोही अनुसन्धान पछि प्रहरीले कल्पनालाई पक्राउ गरेको थियो।