माछापुच्छ्रेको वडा न. ६ मा प्रकृति मानव केन्द्रित जनअभियानको वडा इकाइ समिति गठन

माछापुच्छ्रेको वडा न. ६ मा प्रकृति मानव केन्द्रित जनअभियानको वडा इकाइ समिति गठन


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १४ फाल्गुन २०७७
  • 4.6K
    Shares

माछापुछ्रेको वडा न .६मा प्रकृति मानव

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा न .६ स्थित ह्याङ्जाकोटमा प्रकृति मानव केन्द्रित जनअभियानको वडा इकाइ समिति गठन भएको छ।

स्थानीय बासिन्दाको बिहिबार भएको भेलाले प्रकृति मानव केन्द्रित जनअभियानको वडा इकाइ समिति गठन गरेको हो।  त्यस समितिको अध्यक्ष अनील गुरुङ रहेका छन् भने उपाध्यक्षमा रीता गुरुङ ,सचिब शिव गुरुङ तथा सदस्यहरुमा कुमार गुरुङ ,बुद्धिमाया गुरुङ चयन भयका छन।

सो भेलामा अभियानका केन्द्रीय उपाध्यक्ष बिन्दुराज सापकोटाले पर्याबरण ,जैबिक कृषि र प्रकृति मानव को बिकास मोडेल बारे प्रकाश पारेका थिए भने अभियानका निबर्तमान केन्द्रिय अध्यक्ष सन्त घिसिङ ,साहित्य ,कला ,संस्कृति बिभाग प्रमुख तथा कास्की शाखाका अध्यक्ष तिलक पुन ,केन्द्रिय सदस्य शिवा सापकोटाले समेत सम्बोधन गरेका थिए ।
भेला ह्याङ्जाकोट सामुदायिक होम स्टेका अध्यक्ष ईश्वर गुरुङ को सभापतित्वमा सम्पन्न भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार