९० लाख ठगी अभियोगमा जेल चलान
क्यानडा लैजाने भन्दै दर्जनौं युवालाई ठगी गरेको आरोप लागेका धिरज बिक कारागार चलान भएका छन्। पर्वत मोदी–७ का धीरज विकलाई कास्की जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएकाकारण बिक कास्की कारागार चलान भएका हुन्।
जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले विश्वकर्मालाई कारागार पठाउन आदेश दिएको थियो भने बिकले ठगी गरेको मध्येको केही रकम लिएका दीपक भनिने भोजबहादुर कार्की पनि कारागार चलान भएका छन्। अदालतले तोकेको १८ लाख रुपियाँ रुपियाँ धरौटी राख्न नसकेपछि कार्की पनि कास्की कारागार चलान भएको कास्की अदालतका सूचना अधिकारी नीलप्रसाद पनेरुले जानकारी दिए।
पोखरा–३० सिसुवा बस्दै आएका ३८ वर्षीय धीरजलाई ३३ जनाबाट ९० लाख ७१ हजार ५ सय रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले माघ दोस्रो साता पक्राउ गरेको थियो। धीरजलाई ३३ जनामध्ये कोहीले व्यक्तिगत त कोहीले संयुक्त जाहेरी दिएका थिए । ३३ जनासँग धीरजले १ लाख देखि १५ लाखसम्म लिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा १० जनाले संयुक्त जाहेरी दिएका थिए । भेषबहादुर पुन मगर, बिलबहादुर पुन मगर, चोलाकान्त सुवेदी, उत्तम तिवारी, इमानबहादुर भुजेल, निरल अर्याल, सुरेन्द्र पौडेल, ढुण्डिराज ढकाल, नन्दबहादुर घर्ती र भक्तबहादुर घर्तीले आफूहरुलाई धीरजले ठगी गरेको भन्दै एकमुष्ठ १७ लाख ४६ हजार बिगो असुल्नु पर्छ भनी जाहेरी दिएका थिए । दीपक भनिने भोजबहादुर कार्कीले धिरजबाट केही रकम लिएको स्वीकारेको बताइएको छ