आफ्नै बाबुको हत्या गरेको आरोपमा प्रहरीले पोखराबाट एक युवालाई पक्राउ गरेको छ ।
आफ्नै बाबुको हत्या गर्ने कास्कीको अन्नपूर्ण गाउँपालिका-३ पाउँदुर स्थायी घरभई हाल पोखरा-३२ महकुना बस्ने ३४ वर्षीय रामकृष्ण कामीलाई प्रहरीले पक्राउ गरेको हो।
अभियुक्त रामकृष्ण कामीले आफ्ना ५८ वर्षीय जुमबहादुर कामीलाई फागनु ९ गते ढोकामा लगाउने चारपाटे काठको आग्लो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। अभियुक्तले आफ्नो बाबुसंग भएको बिबाद्पछी काठको आग्लो प्रहार गरी हत्या गरेको बताइएको छ। तर अभियुक्त रामकृष्णले आफ्नो बाबु जुम्बहादुरको घरको भर्याङबाट लडेर मृत्यु भएको सुचना दिएका थिए।
प्रहरीका अनुसार, प्राप्त सुचनापछी घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धानको क्रममा रगत लागेको काठको चारपाटे ढोकामा लगाउने आग्लो बरामद गरेको थियो ।रामकृष्ण विरुद्ध जिल्ला अदालत कास्कीमा कर्तव्य ज्यान मुद्दा दर्तागरी अनुसन्धान अगाडि वढाइएको जानकारी प्रहरीले दिएको छ ।