बालकको मृत्यु भएपछि स्थानीयले ठक्कर दिने गाडी नै जलाइदिए

बालकको मृत्यु भएपछि स्थानीयले ठक्कर दिने गाडी नै जलाइदिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ६ फाल्गुन २०७७
  • 25.6K
    Shares

भे १ ज ११४९

कालिकोटमा गाडीको ठक्करबाट एक बालकको मृत्यु भएपछि स्थानीयले ठक्कर दिने गाडी नै जलाइदिएका छन् । भे १ ज ११४९ नम्बरको गाडीले ठक्कर दिदा बुधबार साँझ रास्कोट नगरपालिका-७, सान्नीघाट बजारका तीन वर्षीय प्रेम सिम्खडाको मृत्यु भएको थियो । सिम्खडाको मृत्युपछि आक्रोशित स्थानीयले ठक्कर दिने गाडीनै जलाइदिएका हुन् ।

घटनास्थलमै बालकको मृत्यु भएपछि स्थानीयले गाडीमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी चक्रबहादुर शाहीले जानकारी दिए ।

डीएसपी शाहीका अनुसार घटनास्थलमा सुरक्षाकर्मी पुग्न ढिलाइ हुँदा आक्रोशित स्थानीयले गाडीमा नै आगजनी गरेका थिए । घटनापछि स्थानीयले गाडीलाई धकेल्दै ५० मिटर टाढा पुर्याएर आगजानी गरेको प्रहरीले जनाएको छ । घटनालगत्तै गाडी चालक उमाकान्त पाठक प्रहरी चौकी पुगेका थिए ।

स्थानीयले प्रहरी चौकीमासमेत आक्रमण गर्न थालेपछि जिल्लाबाट थप प्रहरी घटनास्थल खटाइएको डीएसपी शाहीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार