तनहुँको आँबुखैरेनीमा भएको सवारी दुर्घटनामा परेर १७ वर्षीय एक किशोरीको घटनास्थलमा नै मृत्यु भएको छ। सो दुर्घटनामा लम्जुङ मध्यनेपाल न.पा ६ भोर्लेटार निवासी १७ वर्षीया अन्बेसा पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।
उनी सवार ना.१९ प ९२४ नम्बरको मोटरसाइकललाई एन एल ०२ एन २९८६ नम्बरको ग्यास बोकेको बुलेटले ठक्कर दिएपछि ग.३ च २०८४ नम्बरको कारमा ठोक्किएको प्रहरीले जानकारी दिएको छ।
घटनामा ग्यास बुलेट चालक भारत बिहार प्रदेश पुजारा जिल्ला बस्ने बर्ष ३० को पंकज कुमार, ना.१९ प ९२४ नम्बरको मोटरसाइकल चालक: जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं ४ बस्ने बर्ष ५१ को युवराज घिमिरे घाइते छन् ।
यसैगरी,ग.३ च २०८४ नम्बरको चालक:-जिल्ला स्याङजा चापाकोट न.पा ८ बगैचा बस्ने बर्ष ३७ को श्रीराम घिमिरे पनि घाइते भएको प्रहरीले जनाएको छ ।