पूँजी बजार विकासको माग गर्दै शेयर लगानीकर्ताहरुले पुनः आमरण अनशन सुरू गरेका छन् । पूँजी बजार विकास अभियानका संयोजक तिलक कोईरालाको संयोजकमा लगानीकर्ताहरु आमरण अनशन शुरु गरेका हुन् ।
यसअघि पूँजी बजार सुधारकालागि नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर शिवराज श्रेष्ठको संयोजनमा तयार पारिएको ५८ बुँदा मध्ये धितोपत्र बजार सम्बन्धी १८ वटा बुँदा तत्काल कार्यान्वयन गर्नपर्ने माग राख्दै लगानीकर्ताहरु अनशन बसेका हुन्। ५८ बुँदामध्ये कतिपय बुँदाहरू भने कार्यन्वयनमा अाइसकेका छन्।
१८ बुँदा सम्बन्धीत निकायबाट सुनुवाई नहुँदा पूँजी बजारको विकासमा अवरुद्ध भएको लगानीकर्ता तिलक कोईरालाको ठम्याई छ ।
पँजी बजारलाई विकास गर्नको लागि टेवा पुग्ने उक्त १८ बुँद छिट्टै कार्यान्वय हुनु पर्ने लगानकिर्ता कोईरालाको अडान रहेको छ । सम्वोधित हुन बाँकी उक्त बुदाहरु तत्काल कार्यान्वयन गर्नको लागि उनले केहि दिन अघि अर्थमन्त्री बिष्नु पौडेललाई भेटेका थिए । तर अर्थ मन्त्रीले उक्त विषयमा कुनै सुनुवाई गर्ने चासो नदेखाए पछि बाध्य भएर आमरण अनशन बस्न थालेको कोईरालाले बताए ।