गोरु काटेको आरोपमा मुस्ताङको घाँसाबाट एक बालकसहित पाँच जना पक्राउ

गोरु काटेको आरोपमा मुस्ताङको घाँसाबाट एक बालकसहित पाँच जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २७ माघ २०७७
  • 12.6K
    Shares

जिल्ला प्रहरी कार्यालय मुस्ताङ

गोरु काटेको आरोपमा मुस्ताङको घाँसाबाट एक बालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले मुस्ताङको थासाङ गाँउपालिका-४ घासाँ बस्ने २६ को अर्पण श्रेष्ठ, वर्ष ५३ को लाल बहादुर श्रेष्ठ, वर्ष ३७ को सनिस श्रेष्ठ, पहिरो थाप्ला बस्ने वर्ष १३ को निश्चल वि.क. र वर्ष ३७ को पूर्णलाई
वि.कलाई पक्राउ गरेको हो।

घासाँका अर्पण श्रेष्ठको घरमा गोरु काटिरहेका छन् भन्ने सुचना पाएर पुगेको प्रहरीले उनीहरुलाई सोमबार राती १० बजे पक्राउ गरेको हो।

प्रहरीले उनीहरुको साथबाट गोरुको टाउको र मासु समेत बरामद गरिएको जानकारी दिएको छ। त्यस सम्बन्धमा आबश्यक अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार