पोखरामा घरको छतबाट खसेर एक महिलाको मृत्यु

पोखरामा घरको छतबाट खसेर एक महिलाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २५ माघ २०७७
  • 110.3K
    Shares

पोखरामा घरको छतबाट खसेर महिलाको मृत्यु

पोखरामा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । काठमाण्डौ घर भई हाल पोखरा महानगरपलिका वडा नम्बर ८ न्यूरोडमा डेरा गरी बस्ने ३५ वर्षीय चन्द्रलक्ष्मी श्रेष्ठको आईतबार घरको छतबाट खसेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

साढे २ तले पक्की घरको छतबाट खसेर गम्भीर घाईते भएकी श्रेष्ठको उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको हो । उनि बिहान साढे सातबजे घरको छत्बाट खसेकी थिईन् । घट्नाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । फाइल फोटो

प्रतिक्रिया
सम्बन्धित समाचार