छोरीलाई गोली हानेर भागेका महराले राति आएर घरमा आगो लगाए

छोरीलाई गोली हानेर भागेका महराले राति आएर घरमा आगो लगाए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २५ माघ २०७७
  • 25.7K
    Shares

घरमा आगजनी

बैतडीमा छोरीलाई गोली हानेर भागेका बाबुले राति आएर घरमा आगो लगाएका छन् ।

पुर्चौडी नगरपालिका-१० महरागाउँका धनसिंह महराले २० वर्षीया छोरी बेलमती महरा धामीलाई गोली हानी हत्या गरेका थिए ।

हिजो दिउँसो छोरीलाई गोली हानेपछि उनी भागेका थिए । तर, महराले राति आएर आफ्नै घरमा समेत आगो लगाएका प्रहरीले जनाएको छ । महराको खोजी भइरहेको प्रहरीले जनाएको छ । महतराले छोरीको हत्या गर्नुको कारण पनि खुलेको छैन ।

बाबु धनसिंह महराले गोली हानि हत्या गरिएकी बेलमती महरा

प्रतिक्रिया
सम्बन्धित समाचार