पोखरा महानगरपालिकाको वडा नम्बर ३३ उपल्लो पुडीमा गएराती एक महिलाको बिभत्स तरीकाले हत्या गरिएको छ।
स्थानीय हरिमाया पुनको गएराती बिभत्स तरीकाले हत्या गरिएको हो। वर्ष ४२ की पुन आज बिहान आफ्नै घरको सुत्ने कोठाको खाटमाथी मृत अवस्थामा भेटिएको कास्की प्रहरीले जनाएको छ ।
उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका श्रीमान् बम बहादुर पुनलाई पक्राउ गरेको छ।
स्थानीय माछापोखरीमा काम गर्दै आएका बम बहादुरले गएराती श्रीमती हरिमायासंगै बसेर मादक पदार्थ सेवन गरेको र दुबैबिच बिबाद भएपछी बमबहादुरले श्रीमतीलाई बन्चरो प्रहार गरी हत्या गरेको बताइएको छ। तर समयमा नै भात नपाएको भन्दै भएको बिबादमा बम बहादुरले श्रीमतीलाई बन्चरो प्रहरी अनुसन्धानबाट खुलेको छ।
राती श्रीमतीको हत्या गरेका बमबहादुर आज बिहानै पांच बजे आफु काम गर्ने माछापोखरीमा आएको अवस्थामा प्रहरीले पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ।
प्रहरीले बमबहादुर पुन बिरुद्ध कास्की जिल्ला अदालतमा कर्तब्य ज्यान मुद्दा दर्ता गरी आबश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।