निसीखोला गाउँपालिकाका लेखापाल बुढासहित छ जना जुवाखालबाट पक्राउ

निसीखोला गाउँपालिकाका लेखापाल बुढासहित छ जना जुवाखालबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १७ माघ २०७७
  • 9.2K
    Shares

निसीखोला गाउँपालिकाका लेखापाल बुढासहित छ जना जुवाखालबाट पक्राउ

बागलुङ जिल्लाको निसी खोला गाउँपालिकाका लेखापाल खगेन्द्र बुढा मगरसहित छ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट गस्तीमा रहेका प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लेखापाल बुढामगरसहित रेशम छन्त्याल, रोशन छन्त्याल, कोपील भन्ने गमबहादुर केसी, मोहन बस्नेत र खगेन्द्र कुँवर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिए।

रातको समयमा तास खेलिरहेको अवस्थामा भेटेपछि राति १२ः३० बजेको समयमा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

निसी खोला गाउँपालिका–२ जुग्गा खोलामा तास खेलिरहेको प्राप्त सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुगेका थिए । उनीहरुबाट प्रहरीले रु २३ हजार बरामद गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार