छोरीलाई कुटपिट गर्दै बलात्कार गरेर भागेका बाबु जनकपुरधामबाट पक्राउ

छोरीलाई कुटपिट गर्दै बलात्कार गरेर भागेका बाबु जनकपुरधामबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १५ माघ २०७७
  • 8.2K
    Shares

आफ्नै छोरीलाई कुटपिट गर्दै बलात्कार गरेको आरोपमा प्रहरीले जनकपुरधामबाट एक व्यक्तिलाई पक्राउ गरेको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ जम्बुडाँडा बस्ने ती व्यक्तिलाई बिहीबार धनुषा जिल्लाको जनकपुरधामस्थित रमानन्द चोकबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

धनुषाको कमला नगरपालिका ५ स्थायी घर भएका अभियुक्तले आफ्नै छोरीलाई गत माघ १३ गते कुटपिट गर्दै बलात्कार गरेपश्चात भागेर जनकपुरधाममा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको बताइएको छ। अभियुक्तविरुद्ध बालिकाकी आमाले महानगरीय प्रहरी वृत्त बौद्धमा निवेदन दिएकी थिइन् ।

वृत्तले उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय धनुषालाई पत्राचार गरेको आधारमा खोजतलास गरिएको थियो । खोजतलास गर्ने क्रममा उनलाई पक्राउ गरी प्रहरी वृत्त काठमाडौं पठाइएको धनुषा प्रहरीका प्रबक्ता मकेन्द्र मिश्रले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार