प्रहरीको हिरासतबाट गायिका रेखा शाह छुटिन्

प्रहरीको हिरासतबाट गायिका रेखा शाह छुटिन्


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ७ माघ २०७२
  • 13K
    Shares

ठगी अभियोगमा पक्राउ परेकी ‘सिमसिमे पानीमा’ गीतकी गायिका रेखा शाह प्रहरी हिरासतबाट छुटेकी छिन् । केहि दिन अघि रेखा र उनका पति इन्द्र गुरुङ्लाई ठगी अभियोगमा प्रहरीले पक्राउ गरेको थियो ।शाह दम्पत्तीले क्यासिनोमा जुवा खेल्न सन्दिपराज काफ्ले नाम गरेका व्यक्तिलाई पैसा लगानी गरेको र पैसा उठाउन काफ्लेका बाबु सुवासराज काफ्लेलाई शाह दम्पत्तीले धम्काएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरी ठगी मुद्दा चलाएको थियो ।

धम्की दिएको बारेमा बोलाएर महानगरीय प्रहरी परिसरमा पुगेका साह दम्पत्तीले परिसर प्रमुख एसएसपी विक्रमसिंह थापालाई धम्की दिएपछि दुवैजनालाई प्रहरीले हिरासतमा राखिएको थियो ।सन्दीपले साह दम्पत्तीबाट क्यासिनो खेल्नका लागि करिब ७३ लाख रुपैयाँ लगेको प्रहरी स्रोतको भनाइ छ ।

प्रतिक्रिया