सशस्त्र प्रहरी बलका इन्सपेक्टर नवीन बुढाथोकीको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण निधन भएको छ।
विराटनरको विराट मेडिकल कलेजमा गएराति उनको निधन भएको हो। कोरोना संक्रमणका कारण श्वासप्रश्वासमा समस्या देखिएपछि उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
उपचारकै क्रममा गएराति ११ बजेतिर निधन भएको सशस्त्रका प्रवक्ता डिआइजी राजु अर्यालले बताए।
तेह्रथुम स्थायी घर भएका बुढाथोकी हाल ३ नं गण मोरङमा कार्यरत थिए। कोरोना संक्रमण बाहेक उनलाई अन्य दीर्घ रोगहरु भने नदेखिएको अर्यालको भनाइ छ।
उनी कोरोना संक्रमण नियन्त्रणकै काममा खटिएका थिए।