पोखरामा पार्किङ गरी राखेका मोटरसाइकलहरुमा आगजनी गरेको आरोपमा रानाभाट पक्राउ

पोखरामा पार्किङ गरी राखेका मोटरसाइकलहरुमा आगजनी गरेको आरोपमा रानाभाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३ मंसिर २०७७
  • 13K
    Shares

दिवस रानाभाट

पोखरामा पार्किङ गरी राखेका मोटरसाइकलहरुमा आगजनी गरेको आरोपमा १९ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका युवक पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटा निवासी दिवस रानाभाट रहेको प्रहरीले जानकारी दिएको छ

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, अभियुक्त रानाभाटले बिरौटास्थित सन्तोष आयल स्टोर्स अगाडि पार्किङ गरी राखिएका ग.१२ प. ८६९८ नं को बुलेट र ग.७ प. ९७८८नं को होण्डा साईन मोटरसाइकलमा कात्तिक २६ गते राति ११.४५ बजे आगजनी गरेको बताइएको छ।

मोटरसाइकलमा आगलागी गरी फरार रहेका रानाभाटलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले मंसिर २ गते मंगलबार पोखराको बिरौटाबाट पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।

अभियुक्त रानाभाटलाई अपराधिक उपद्रव कसुर अन्तरगत कारवाही अगाडि वढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीाका प्रबक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार