सुस्ताको हनुमान मन्दिरका पुजारीको हत्या आरोपमा एक भारतीय पक्राउ

सुस्ताको हनुमान मन्दिरका पुजारीको हत्या आरोपमा एक भारतीय पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३० कार्तिक २०७७
  • 3.7K
    Shares

सुस्ताको हनुमान मन्दिरका पुजारी हत्या आरोपी धनञ्जय मौर्य

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं ४ नर्सही (उचम टाडी ) गाउँ मा रहेको हनुमान मन्दिरका पुजारी ७२ बर्षीय पुजारी महंगु केवटको हत्या आरोपमा प्रहरीले एक जना भारतीयलाई पक्राउ गरेको छ।

सुस्ता गाउँपालिका ४ पश्चिम टाँडी निवासी ७२ बर्षीय पुजारी महंगु केवटको गएको कात्तिक ९ गते हत्या भएको थियो ।

हत्या गरिएका पुजारी केवटको शब्

पुजारी केबटको हत्या गरेको आरोपमा प्रहरीले भारतको महाराजगञ्जको निचलौल निवासी २१ बर्षीय धनञ्जय मौर्यलार्ई पक्राउ गरेको हो। प्रहरीले उनलाई नवलपरासीको प्रतापपुर गाउँपालिका ६ कठहवाबाट पक्राउ परेको हो ।

पक्राउ परेका मौर्यले पुजारीको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए। प्रहरीले घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार