मास्क लगाउने नलगाउने बिबाद हुँदा भएको झगडामा देवघाट उद्योग वाणिज्य संघका अध्यक्ष रोशन श्रेष्ठले एक जना डाक्टर कुटेका छन्।
तनहुँको देवघाटमा मास्क लगाउने विषयमा विवादपछि झडप हुँदा अध्यक्ष श्रेष्ठले सपरिवार देवघाट घुम्न आएका बाराका चिकित्सक डा. विकेश पाण्डेलाई कुटेका हुन्।
बिहीबार आफूमाथि देवघाट उद्योग वाणिज्य संघका अध्यक्ष रोशन श्रेष्ठले देवघाट जाने पुलमा टाउकोमा बोतल प्रहार गरी कुटपिट गरेको पाण्डेले आरोप लगाएका छन् । आफूमाथि विभेदका शब्द प्रयोग पनि भएको आरोप उनको छ।
इलाका प्रहरी कार्यालय देवघाटका प्रहरी नायब निरीक्षक उज्वल सिलवालले उजुरी लिएर कारबाहीका लागि प्रहरी कार्यालय आएका डाक्टर पाण्डे र देवघाट उद्योग वाणिज्य संघका अध्यक्ष रोशन श्रेष्ठ दुवै पक्षबीच सहमति भइसकेको जानकारी दिए।
पाण्डे पत्नी, आफन्तसहित देवघाट भ्रमणका लागि गएका थिए। टाउकोमा चोट लागेर घाइते पाण्डे घर गइसकेका छन्।