भाँडा पसल फोडेर काँचका भाँडाकुँडा र नगद चोरी गर्ने दुई जना पक्राउ

भाँडा पसल फोडेर काँचका भाँडाकुँडा र नगद चोरी गर्ने दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २८ कार्तिक २०७७
  • 5.3K
    Shares

राती भाँडा पसल फोडेर काँचका भाँडाकुँडा र नगद चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय बैदाम पोखराले पक्राउ गरेका अभियुक्तहरुमा नहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं -७ घर भई हाल पोखरा -९ पृथ्बीचोक बस्दै आएका १९ वर्षीय सुजन तामाङ र सोही ठेगाना भएका १९ वर्षीय मनिष खड्का रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

प्रहरीका अनुसार, उनीहरुले गत कार्तिक १९ गते बिहान ५:३० बजेको समयमा पोखरा महानगरपालिका -६ स्थित गंगाधर दवाडीले संचालन गरेको भाँडापसलको सटर फोडेर काँचको कचौरा एकसय २० थान, काँचको थाल सात थान र नगद तीस हजार समेत चोरेर भागेका थिए ।

पसल चोरी गरेर भागेका उनीहरुलाई प्रहरीलें चोरीका सामाग्रीसहित पक्राउ गरेको बताइएको छ। प्रहरीले पोखरा -६ शान्तिपाटनबाट चोरिएका सामान कांचको कचौरा ६७ वटा , काँचको थाल ४ वटा र नगद नौ हजार छ सय सहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनामाथि चोरी तथा डाँका कसूर अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार