बिदेशमा राम्रो काम लगाइदिने प्रलोभन देखाएर पोखरामा बेश्यावृत्ति गराउने गिरोहका तीन जना पक्राउ

बिदेशमा राम्रो काम लगाइदिने प्रलोभन देखाएर पोखरामा बेश्यावृत्ति गराउने गिरोहका तीन जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २८ कार्तिक २०७७
  • 20K
    Shares

बेश्यावृत्ति गराउने गिरोह

युवतीहरुलाई बिदेशमा राम्रो काम लगाइदिने प्रलोभन देखाएर पोखरा ल्याई बेश्यावृत्ति गराउने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका अभियुक्तहरुमा कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १ खिलाङ्ग निवासी २९ वर्षीय जिवन नेपाली, काभ्रे जिल्ला पाँचखाल ४ तामाघाट निवासी २६ वर्षीय आशिष भुजेल र पोखरा महानगरपालिका वडा नं. ४ बगालेटोल निवासी ३० वर्षीया अन्जु गुरुङ रहेका छन्।

उनीहरुबिरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले मानव बेचबिखन तथा ओसारपोसार सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको कास्की प्रहरीका प्रबक्ता डिएसपी सुबाश हमालले जानकारी दिए।

डिएसपी हमालका अनुसार, उनीहरुले मासिक १/२ लाख नेपाली रुपैया कमाउन सकिने देश पठाइदिने प्रलोभन देखाई पोखराको लेकसाइडस्थित एउटा घरमा राखेर जबरजस्ती वेश्यावृत्ति गराउंदै आएका थिए। उनीहरुविरुद्ध प्रहरीमा उजुरी परेपछि प्रहरीले छापा मार्दा वेश्यावृत्ति गराउने कार्यमा संलग्न रहेको देखिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको दाबी छ।

प्रतिक्रिया
सम्बन्धित समाचार