पुर्वमन्त्री भीमप्रसाद गौतमको निधन

पुर्वमन्त्री भीमप्रसाद गौतमको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २७ कार्तिक २०७७
  • 6.9K
    Shares

भीमप्रसाद गौतम

समाजवादी जनता पार्टीका नेता एवं पूर्व भूमिसुधार तथा व्यवस्था मन्त्री भीमप्रसाद गौतमको निधन भएको छ। चितवन मेडिकल कलेजबाट निमोनियाको उपचार गराएर घर फर्केका गौतमको बिहीबार बिहान बन्दीपुर १ पिप्लेस्थित निवासमै ज्यान गएको हो।

समाजवादी जनता पार्टीका केन्द्रीय सल्लाहकार समितिका संयोजक समेत रहेका उनी बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भूमिसुधार तथा व्यवस्था मन्त्री थिए। तत्कालीन जनमोर्चाबाट राजनैतिक जीवन आरम्भ गरेका उनी उपाध्यक्षसम्म भएका थिए। नारायणकाजी श्रेष्ठको नेतृत्वमा माओवादीमा भएको एकता पछि उनी माओवादीबाट मन्त्री भएका थिए।

पछिल्लो समय नयाँ शक्ति हुँदै जनता समाजवादी पार्टीका नेता उनको राजनैतिक सक्रियता घटे पनि स्थानीयस्तरका विकास निर्माणमा भने उनी सक्रिय रहँदै आएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार