राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २७ कार्तिक २०७७
  • 7.9K
    Shares

चित्रबहादुर केसी

संघियता खारेज गर्नुपर्ने अडान राख्दै आएका पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । केहीदिनदेखि केसीको स्वास्थ्यमा समस्या देखिएपछि गरिएको पीसीआर परीक्षणमा बुधबार रिपोर्ट पोजिटिभ आएको हो ।

केसीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले जानकारी दिए । केसी मंगलबारमात्रै भैरहवाबाट काठमाडौं आएर मेडीसिटी भर्ना भएका हुन् । केहीदिनअघि उनलाई निमोनिया देखिएको थियो ।

केसी एक महिनादेखि भैरहवामा रहँदा पनि रुघाखोकी र ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा भने रिपोर्ट नेगेटिभ देखिएको थियो ।

प्रतिक्रिया