एक करोड रुपियाँको चेक बाउन्स भएपछि सुन्दर यातायातका अध्यक्ष थापा पक्राउ

एक करोड रुपियाँको चेक बाउन्स भएपछि सुन्दर यातायातका अध्यक्ष थापा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २७ कार्तिक २०७७
  • 11.1K
    Shares

भेषबहादुर थापा

सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापा पक्राउ परेका छन् । बुधबार कालिमाटी प्रहरी वृत्तले थापालाई कालिमाटीबाट पक्राउ गरेको हो ।

बाउन्स चेक दिएको उजुरी परेपछि उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

प्रहरीका अनुसार, चीनबाट विद्युतीय सवारी साधन खरिद गरी ल्याउने र नेपालमा कारोबार गर्ने भन्दै उनले झविन्द्र बन्जाडेसंग रकम लिएको र रकम फिर्ता माग्दा करीब डेढ महिना अघि एक करोड रुपियाँ बराबरको चेक बन्जाडेलाई दिएका थिए। तर त्यो चेक साट्न जाँदा खातामा पैसा नभएपछी खड्काले थापाविरुद्ध प्रहरीमा उजुरी दिएका थिए।

राजा ज्ञानेन्द्रको शाही शासन कालमा आफ्नो प्रकाशात्वमा नयाँविचार दैनिक केही महिना प्रकाशन गरेका थिए। त्यति बेला राजपरिवारका सदस्यसंग नजिक रहेको देखाउंदै उनले अमेरिका पठाईदिने भन्दै धेरै व्यक्तिसँग मोटो रकम असुल गरेको आरोप लागेको थियो। सोही क्रममा केसी थरकी नेपाली चलचित्रकी एक नायिकाले आफुलाई अमेरिका लैजाने भन्दै १५ लाख रुपियाँ ठगी गरेको य्ज्य्री दिएकी थिइन् र त्यही य्जुरीका आधारमा उनले जेल जीवन बिताएको पनि प्राप्त समाचारमा जनैएको छ।

थापाविरुद्ध झविन्द्र बन्जाडेले चेक बाउन्ससम्बन्धी उजुरी दिएका थिए । करिब डेढ महिनाअघि थापाले आफूलाई दिएको एक करोड रुपैयाँको चेक बाउन्स भएको उनको जिकिर छ ।

प्रतिक्रिया