कोरोना बिमा रकम दाबी गर्न चिकित्सकको हस्ताक्षर चोरी गरेर कोरोना जाँचको नक्कली पिसीआर रिर्पोट बनाएको आरोपमा प्रहरीले अस्पतालका सुरक्षागार्डसहित तीन जनालाई पक्राउ गरेको छ।
चिकित्सकको हस्ताक्षर चोरी गरेर कोरोना जाँचको नक्कली पिसीआर रिर्पोट बनाएको आरोपमा प्रहरीले भेरी अस्पतालका दुई सुरक्षा गार्ड र एक सहयोगीलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सुरक्षागार्ड र सहयोगीले आकस्मिक कक्षमा चिकित्सकले असहाय बिरामीका लागि लेखिदिने निःशुल्क कोरोना परीक्षण रिर्पोटको नक्कल गरेर अरु बिरामीलाई निःशुल्क पिसिआरको सिफारिस गरिदिने गरेको खुलेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
उनीहरुले बीमा लक्षित गरी ती व्यक्तिले कोरोना नेगेटिभ भएकालाई पोजिटिभ समेत बनाउँदै आएको आरोप छ।
उनीहरुले के कति पैसा लिएर कति जनालाई नक्कली रिपोर्ट बनाए भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहेली जानकारी दिएको छ।