पोखरामा चुरोट चोरेको विषयमा झगडा हुँदा हत्या,फरार प्रेम तनहुँमा समातिए

पोखरामा चुरोट चोरेको विषयमा झगडा हुँदा हत्या,फरार प्रेम तनहुँमा समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २६ कार्तिक २०७७
  • 3.3K
    Shares

चुरोट चोरेको विषयमा झगडा हुदाँ एक युवाले ज्यान गुमाएका छन । पोखरा महानगरपालिका वडा नम्बर ६ बसुन्धारा पार्क नजिकै दाङको घोराइ घर भइ पोखरा बस्दै आएका २५ वर्षीय कृष्ण चौधरीको चुरोट चोरेको विषयमा झगडा हुदाँ सिन्धुली सुनकोशी गाउँपालिका वडा नम्वर १ कुशेश्वर दुम्जा घर भएका २३ वर्षीय प्रेम भन्ने नन्दलाल श्रेष्ठको ढुङ्गा प्रहारबाट मृत्‍यु भएको हो ।

अशोज २२ गते राति साढे ८ बजे चौधरीको हत्या गरी फरार भएका प्रेमलाई तनहुँबाट प्रकाउ गरी कास्की जिल्ला प्रहरीलाई बुजाएको त्जोयो । आज कास्की प्रहरीले प्रतिवादी प्रेमलाई सार्वजनिक गर्दै सामान्य विषयमा विवाद हुँदा हत्या गरेर फरार भएकोलाई कनुनी कार्वाही अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुवास हमालले जानकारी दिए।श्रेष्ठलाई प्रहरीले मंगलवार दिउँसो तनहुँ आबुखैरेनी नगरपालिकाबाट नियन्त्रणमा लिएको हो। उनी हत्यापछि रिक्सा लिएर काठमाडौं जाँदै गर्दा समातेको डीएसपी हमालले जानकारी दिए।

कात्तिक २२ गते शनिबार कृष्णले नन्दलाललाई आफू बस्ने पोखरा ६ बसुन्धरा पार्कको प्रतीक्षालयमा लगेको र त्यहीं उनीहरुको झगडा भएको कास्की प्रहरी प्रवक्ता हमालले बताएका छन्। आरोपितसँगको बयानका आधारमा हमालले जनाएअनुसार त्यस दिन दुवैले रक्सी खाएका थिए। ‘प्रतीक्षालयमा कृष्ण ७ महिनाकी छोरीसहित बस्दा रहेछन्’, हमालले भने, ‘मेरी श्रीमतीले खाना पकाएकी छन्, गएर खाऊँ भनेर कृष्णले लिएर गएको रहेछ।’

प्रहरीकै भनाइमा दुवैले सौफी भन्ने रक्सी खाएर प्रतीक्षालय गएका थिए। त्यहाँ गएर पनि उनीहरुले थप त्यही रक्सी पिएको र चुरोट हरायो भन्ने विषयमा झगडा भएको थियो। खाना खाएपछि कृष्णकी श्रीमतीले चुरोट हराएको सुनाएपछि एक्कासि नन्दलाललाई कृष्णले ‘किन चुरोट चोरेको ?’ भन्दै हिर्काएका थिए। त्यसक्रममा कृष्णले नन्दलाललाई चुलोको ढुंगा प्रहार गरे। नन्दलालले त्यही ढुंगा खोसेर कृष्णको टाउकोमा हानेको प्रहरीले जनाएको छ। कृष्ण घाइते भएको थाहा पाएर प्रहरीले उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगे पनि उनी बाँचेनन्। भोलिपल्ट बिहान ९ बजे उनको अस्पतालमै मृत्यु भएको थियो।

घटनापछि बेत्तपा नन्दलाललाई तनहुँको आँबुखैरेनीमा मंगलबार त्यहाँको प्रहरीले समातेर कास्कीलाई बुझाएको हो। नन्दलालविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास हमालले जानकारी दिएका छन्।

प्रहरीका अनुसार साथीसँग झगडा गरे पनि उनको मृत्युको लख नन्नलालले काटेका थिएनन्। ‘आफ्नो रिक्साको माया मार्न नसकी त्यही रिक्सा चढेर तनहुँ पुगेको भेटियो,’ डीएसपी हमालले भने, ‘हामी मुद्दा दर्ता गरिसकेका छौं, प्रतिवादीले हत्या स्वीकारिसकेको अवस्था छ।’ नन्नलाल ती पांग्रे रिक्सा लिएर असोज पहिलो साता पोखरा आएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार