भरुवा बन्दुकसहित तनहुँबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका अभियुक्त भिमाद नगरपालिका-२ बन्दिछाप सिमलबोट बस्ने ६० वर्षिय टुक बहादुर थापा रहेका छन् ।
ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँको प्रहरी टोलिले यहि कार्तिक २४ गते भरुवा बन्दुक लिई हिडिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका उनको साथबाट प्रहरीले एक नाले भरुवा बन्दुक समेत बरामद गरेको बताइएको छ। उनले त्यो बन्दुक के प्रयोजनका लागि लिएर हिडेका थिए, प्रहरीले खुलाएको छैन। उनीविरुद्ध प्रहरीले हातहतियार मुद्धा शिर्षकमा मुद्धा दर्ता गरि घटनाका विषयमा थप अनुसन्धान भईरहेको जनाएको छ ।