भैंसीलाई दुर्ब्यबहार गर्ने परियार प्रहरी हिरासतमा

भैंसीलाई दुर्ब्यबहार गर्ने परियार प्रहरी हिरासतमा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २५ कार्तिक २०७७
  • 13.7K
    Shares

जिल्ला प्रहरी कार्यालय स्याङजा

कतै तपाईं पशु हो भनेर आफ्नै घर पालेको गाईभैंसीलाई निर्मम तरीकाले कुटपिट गरिरहनु भएको त छैन ? ख्याल गर्नुस ! जथाभावी निर्मम तरीकाले गाईभैंसीलाई कुटपिट गर्दा प्रहरीको हिरासतमा थुनिनु पर्ला नि।

ठिक त्यस्तै भएको छ, स्याङजाको आँधिखोला गाउँपालिका–२, उखारीका ३५ वर्षीय रामकृष्ण परियारलाई। उनी अहिले घरमा पालेको भैसीलाई रगताम्य हुने गरी कुटपीत गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय स्याङजाको हिरासतमा छन्।

आँधिखोला गाउँपालिका–२, उखारीमा भैसीलाई दुर्व्यवहार गरेको आरोपमा परियारलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक होबेन्द्र बोगटीले जानकारी दिए । प्रहरी उपरिक्षक बोगटीले परियारलाई पशुपछीं सम्बन्धी कशुरमा मुद्धा चलाइ अनुसन्धान भैरहेको जानकारी दिए।

परियारले गोठमा रहेका भैसीलाई गएको जेठ १० गते रक्ताम्य हुने गरी कुटपिट गरेको बताइएको छ। यस अघि पनि यस्तै गरी भैसीलाई रक्ताम्य हुने गरी कुटपिट गरेको आरोपमा स्थानीय समाजले ९० हजार रुपैया जरिवाना गरेको थियो। समाचारस्रोत : /www.aandhikholaexpress.com

प्रतिक्रिया
सम्बन्धित समाचार