पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष अधिकारीसहित परिवारका ६ जनालाई कोरोना संक्रमण

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष अधिकारीसहित परिवारका ६ जनालाई कोरोना संक्रमण

संघका महासचिब पोख्रेल पनि संक्रमित


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १६ कार्तिक २०७७
  • 18.9K
    Shares

दामु अधिकारी र अर्जुन पोख्रेल

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीसहित उनको परिवारका छ जना सदस्यलाई कोरोना संक्रमण भएको छ भने संघका महासचिब अर्जुन पोख्रेल पनि संक्रमित बनेका छन्।

संघका अध्यक्ष अधिकारीले आफूसहित परिवारका छ जना सदस्यलाई आईतबार कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएका छन् । अध्यक्ष अधिकारीले आफू, आफ्नो छोरी, दाजु धर्म अधिकारीका दुई छोरी साईंला दाई केशवराज अधिकारीकी श्रीमती र आमालाई कोरोना संक्रमण पुष्टी भएको उनले जानकारी दिए । बुबाको भने पुनः जाँचका लागि स्वाब दिइएको उनले बताए ।

अध्यक्ष अधिकारीका दाजु धर्मराज अधिकारीलाई केहि दिनअघि कोरोना संक्रमण पुष्टी भएपछि कन्ट्याक्ट ट्रेसिङमा परेर स्वाब दिएकोमा उनीहरुको रिपोर्ट आज पोजिटिभ आएको हो ।

अधिकारीले आफूहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमा रहेको जानकारी दिए । उनले सम्पूर्ण उद्योगी, व्यवसायीहरुलाई कोरोनाको जोखिम बढेको भन्दै सतर्क भएर व्यवसाय सञ्चालन गर्न आग्रहसमेत गरेका छन् ।

यसैबीच, पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेललाईपनि कोरोना संक्रमण भएको छ । महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएका जानकारी दिएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि उनले लेखेको स्टाटसमा भनिएको छ,‘ढिलोचाँडो एक दिन कोरोना संक्रमण अवश्य हुन्छ भन्ने मेरो मान्यता थियो र आज त्योबाट म अछुतो रहिन ।’ उनले सामान्य लक्षण देखिने वित्तिकै १० दिनदेखि आफू होम आइसोलेसनमा रहेको बताउँदै त्यसपछि कोहिसँगपनि सम्पर्कमा नरहेको स्पष्ट पारेका छन् ।

मसचिव पोखरेलले कोरोना संक्रमित हुनु कुनै पाप नभएकाले घृणा होईन संक्रमितलाई सम्मान गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया