एटीएम बक्स फोडेको आरोपमा पक्राउ परेका युवाबाट ठुलो मात्रामा लागु औषध बरामद

एटीएम बक्स फोडेको आरोपमा पक्राउ परेका युवाबाट ठुलो मात्रामा लागु औषध बरामद


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १४ कार्तिक २०७७
  • 6.8K
    Shares

जिल्ला प्रहरी कार्यालय तनहुँ

तनहुँको सदरमुकाम दमौलीस्थित माछापुच्छ्रे बैंकको एटीएम बक्स तोडफोड गर्दै गरेको अवस्थमा पक्राउ परेका एक युवाको साथबाट ठुलो मात्रामा लागु औषध बरामद भएको छ।

एटीएम बक्स तोडफोड गर्दै गरेको अवस्थमा जिल्ला प्रहरी कार्यालय तनहुँले पर्साको पटेर्वा सुगौली गाउँपालिका रंगपुरटाढी घर भएका १९ वर्षीय किरण बानियाँलाई पक्राउ गरेको थियो। पैसा लुट्ने योजनासाथ उक्त एटीएमको पिनहरू पेचकस (स्क्रु ड्राइभ) को सहायताले खोल्दै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो।

पक्राउ परेपछि उनको खानतलाशी गर्ने क्रममा प्रहरीले उनको साथबाट एकसय ३५ ट्याब्लेट नाइट्राभेटसहितका लागुऔषध बरामद गरिएको प्रहरीले दाबी गरेको छ । उनले बोकेको झोलाभित्र लुकाई राखेको अवस्थामा त्यो लागुऔषध बरामद गरेको हो ।

उनले प्रयोग गरेको ग.११प ९९६५ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रण लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार