कोरोना संक्रमणकाकारण साबिक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल हाल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा हालसम्म २२ जनाको मृत्यु छ। सोही अस्पतालमा उपचाररत स्याङ्गजाका ७० वर्षीया बृद्धाको शुक्रबार कोरोनाकाकारण मृत्युसंगे त्यस अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ जना पुगेको हो।
प्रतिष्ठानले दिएको जानकारी अनुसार, शुक्रबार बिहान सोही अस्पतालको आईसियुमा उपचाररत स्याङ्गजाको वालिङ्ग नगरपालिका वडा नम्बर ५ निवासी ७० वर्षीया बृद्धाको कोरोना संक्रमणकाकारण मृत्यु भएको छ। उनी कार्तिक ९ गते कोरोना संक्रमण भै उपचारका लागी सो अस्पताल भर्ना भएका थिए।
