श्रीमानलाई पार्टी छाड्न दबाब दिन श्रीमतीलाई अमानबिय ब्यबहार र दबाब, बिद्रोही ने.क.पा. नेता निरुको घरमा खानतलासी

श्रीमानलाई पार्टी छाड्न दबाब दिन श्रीमतीलाई अमानबिय ब्यबहार र दबाब, बिद्रोही ने.क.पा. नेता निरुको घरमा खानतलासी


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १४ कार्तिक २०७७
  • 8.8K
    Shares

ने.क.पा. नेता निरुको घरमा प्रहरीको छापा

श्रीमानलाई बिद्रोही ने.क.पा. परित्याग गर्न दबाब दिंदै तनहुँ प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका गण्डक ब्युरो सदस्य निरु थापाकी श्रीमतीलाई दबाब दिएको समाचार सार्वजनिक भएको छ।

नेता निरुलाई गिरफ्तार गर्न उनको घर पुगेका सादा पोशाकका प्रहरीले उनकी श्रीमतीलाई “किन पार्टीमा पठाएको?” भन्दै अमानवीय तरिकाले गालीगलौज गरेर ‘पार्टी छोड्न लगाउनू’ भन्ने आदेश दिएर फर्किएको रातोखबर डट कमले समाचार लेखेको छ।

बिद्रोही ने.क.पा.को मुखपत्र मानिएको रातोखबर डट कमले तनहुँ जिल्ला प्रहरी कार्यालयका बिनाबर्दीका प्रहरीले यही कात्तिक १२ गते नेपाल कम्युनिस्ट पार्टीका ब्युरो सदस्य निरु थापाको घर खानतलासी गरी लत्ताकपडा र बिस्तरा भताभुङ्ग बनाएको खबर लेखेको छ । घरमा एक्लै रहेकी उनकी श्रीमतीलाई अमानबीय ब्यबहार गरेको पनि समाचारमा उल्लेख छ।

नेपाल कम्युनिस्ट पार्टीले लिएको विचार, राजनीति र कार्यदिशासँग त्रसित सरकार पार्टीमाथि प्रतिबन्ध लगाएर दमन र धरपकडमा तल्लीन रहेकाले प्रतिरोधशिवाय अन्य विकल्प नरहेको ने.क.पा. तनहुँले जनाएको उक्त समाचारमा उल्लेख छ ।

रातोखाबर डट कमले नेता निरु थापाको श्रीमतीलाई अमानबीय ब्यबहार गरिएको समाचार लेखिरहँदा प्रहरीले त्यस बारेमा आधिकारिक रुपमा कुनै प्रतिक्रियाब जनाएको छैन।

प्रतिक्रिया