क्षत्री समाज नेपालका अध्यक्ष दिलबहादुर र रेडक्रस कास्कीका महामन्त्री अधिकारीलाई कोरोना संक्रमण पुष्टि

क्षत्री समाज नेपालका अध्यक्ष दिलबहादुर र रेडक्रस कास्कीका महामन्त्री अधिकारीलाई कोरोना संक्रमण पुष्टि


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १२ कार्तिक २०७७
  • 9.8K
    Shares

दिलबहादुर क्षत्री र धर्मराज अधिकारी

कोरोना संक्रमण फैलिने क्रमले तीब्रता दिईरहेको छ। यसक्रममा क्षत्री समाज नेपालका अध्यक्ष र नेपाल रेडक्रस सोसाईटी कास्कीका महामन्त्री धर्मराज अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

यसैबीच गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार बिहान सार्वजनिक गरेको जानकारी अनुसार, गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या छहजार आठसय १३ पुगेको छ | क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गरिएको परीक्षणका क्रममा थप भएका नयाँ २३ जना संक्रमितहरसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या छहजार आठसय १३ पुगेको हो |

बुधबार गण्डकी प्रदेशमा बिहान १०:०० बजेको विवरण अनुसार थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ | क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप नयाँ २३ जनामा संक्रमण पुष्टि भएको हो |

प्रदेश स्वास्थ्य निर्देशक डा बिनोद बिन्दु शर्माका अनुसार संक्रमित हुनेहरुमा स्याङ्गजाका १२ जना , कास्कीका ७ जना ,गोरखाका २ जना त्यसैगरी तनहुँ र मुस्ताङका १/१ जना रहेका छन् |
संक्रमित सबै कन्ट्रयाक ट्रेसिंगबाट पहिचान भएका रहेको पनि निर्देशक शर्माले जनाएका छन् |

प्रतिक्रिया
सम्बन्धित समाचार