विश्वमा तीन शक्तिकेन्द्रको उदय : पश्चिमा वर्वरताको अन्त्यको संकेत – भरत दाहाल

विश्वमा तीन शक्तिकेन्द्रको उदय : पश्चिमा वर्वरताको अन्त्यको संकेत – भरत दाहाल


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १२ कार्तिक २०७७
  • 7.3K
    Shares

भरत दाहाल

यूरो-अमेरीकन ईसाई साम्राज्यवाद मुस्लिम जगतको घेराबन्दीमा पर्दैछ। आफू बाहेकका अन्य धार्मिक सम्प्रदायहरुको खिसिट्युरी गर्ने, ब्यंग्य कार्टुन बनाउने र ईस्लाम जगतलाई सुनियोजित रुपमा आतंकवादी घोषणा गरेर साम्राज्य विस्तार गर्ने तिनीहरुको अपराधिक कर्म अब पतनको बाटोमा अग्रसर भएको छ।

फ्रान्समा सार्लि हेब्दोले सन् २००६ मा मोहम्मदको कार्टुन बनाएर अपमानित गरेदेखि वर्तमान फ्रेञ्च राष्ट्रपति मेक्रोनले कथित आतंकवादको बहानामा मस्जीदहरुमा ताला लगाउने अभियानसम्म आई पुग्दा विश्वभरीका मुश्लीम देशहरु फ्रान्सका विरुद्धमा एकजुट भएका छन् र सबै देशहरुमा फ्रान्सका उत्पादनहरु बजारबाट हटाईंदैछन्।

यो कुनै संयोगको घटना होईन। गत सताब्दीको अन्तिम दशकमा नै अमेरीकाले अबको विश्व संघर्ष सभ्यताको संघर्ष हुनेछ भनेर अन्य धर्मसंस्कृतिहरुमाथि आक्रमण अघि बढाउने रणनीति बनाईसकेको थियो। त्यही रणनीति अन्तर्गत् पश्चिमाहरुले आतंकवादको नक्कली कथा रचेर अफगानिस्तानमाथि आक्रमण सुरु गरे, जो बढ्दै लिविया, ईराक, सिरीया, ईरानसम्म फैलियो। टकीैमा एर्देगानको उदयपछि यस्तो अवस्था उल्टियो। फ्रान्समा मेक्रोनको मुस्लीम विरोधि रबैयाले विश्वका मुस्लीमहरुलाई एकजुट हुन बाध्य बनायो। अब संसार फेरिएको छ र पश्चिमा ईसाई साम्राज्यवादको अत्याचारका विरुद्धमा मुस्लीम जगतको तेश्रो शक्तिसालि शिविरको उदय भएको छ।

पैसा र बन्दूकको धमास देखाएर अन्य सभ्यताहरु मास्ने पश्चिमाहरुको सैयौं बर्षदेखिको रणनीतिले अब तिनैहरुको विनाश गर्ने संभावना देखिन थालेको छ। अहिलेको विश्व ध्रुविकरण पहिलेको जस्तो विचारधारात्मक हुने छैन। यो आर्थिक/राजनीतिक एवं धार्मिक/सांस्कृतिक रुपमा विकास भैरहेको छ। एकातिर चीन र रुसको शिविर, अर्कोतिर पश्चिमाहरुको शिविर र तेश्रो शिविरका रुपमा मुस्लीम जगत रहेको ध्रुविकरणको चित्र स्पष्ट देखापरिसकेको छ।

अन्ततः यो पूर्वी र पश्चिमा सभ्यताका बिचको ध्रुविकरणका रुपमा बदलिनेछ। मुस्लीम जगतको निकटता चीन र रुससंग देखिनुले पनि पश्चिमा साम्राज्यवादीहरु अलगथलग हुने संभावना प्रबल देखिन्छ। यो परिदृष्य संपूर्ण विश्वका साथसाथ नेपालका लागि पनि सुखद छ। यसले पश्चिमा वर्वरताको अन्त्य गर्नेछ।

प्रतिक्रिया