हिमाल पारीको जिल्ला मुस्ताङको जोमसोममा रहेको एक बैंकमा कार्यरत एक कर्मचारीलाई एकैचोटी डेंगु र कोरोना संक्रमण देखिएको छ।
जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका अनुसार जोमसोमस्थित साग्रिला डेभलमेन्ट बैंकमा कार्यरत एक पुरुष कर्मचारीमा डेंगु र कोरोना संक्रमण देखिएको हो।
दसैं अघि कार्तिक ३ गते घर गएका ती कर्मचारीको स्वास्थ्यमा केही समस्या देखिएपछि पोखरा बसपार्कस्थित सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा डेंगु पोजिटिभ देखिएको हो । त्यसपछि ती कर्मचारीको पश्चिामञ्चल क्षेत्रीय अस्पतालमा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको जानकारी आएको जिल्ला स्वास्थ्य प्रमुख टीकाराम भण्डारीले जानकारी दिए ।
आफु डेंगु र कोरोना संक्रमण भएपछी ती कर्मचारीले आफू कार्यरत बैंकका कर्मचारीलाई समेत सुरक्षित होम क्वारेन्टाइनमा रहेर सजगता अपनाउन आग्रह गरेका छन्। संक्रमित बैंकका कर्मचारीको अहिले स्वास्थ्य अवस्था सामान्य रहेको र आफू सुरक्षित आईसोलेसनमा बसेको जानकारी गराएका छन्