आम नेपालीले महान चाड बिजया दशमीको टीका लगाएर दशैंको हर्षोल्लास मनाउने तयारी गरि रहंदा बिहानैवडा प्रहरी कार्यालय बगरका ३१ जना प्रहरी र पांच जना ट्राफिकसहित पोखराका एकसय एक जनामा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट सार्वजनिक भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहान जारी गरेको प्रेस बिज्ञप्ति अनुसार, बगर चौकीमा कार्यरत एक जना महिला प्रहरीसहित ३१ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ . त्यस्तै पंचा जना ट्राफिक प्रहरीमा पनि कोरोना संक्रमण देखिएको बिज्ञप्तिमा उल्लेख छ ।
त्यस बिज्ञप्ति अनुसार, वडा नम्बर १३ मा एक महिलासहित तीन जना, वडा नम्बर ८ मा चारजना पुरुष, वडा नम्बर ९मा २ महिलासहित छजना , वडा नम्बर २६ मा एक्महिलासाहित तीन जना , वडा नम्बर ११ मा दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ . त्यस्तै, वडा नम्बर १७ मा एक महिलासहित नौ, ५ मा तीन्महिलासाहित चार, २७ मा एक पुरुष, १० मा तीन महिलासहित सात, ३२ मा एक्महिलासाहित छ, ७ मा एक महिला एक पुरुष, २० मा एक पुरुष, १५ मा एक महिलासहित चार जनामा पनि कोरोना संक्रमण देखिएको बिज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै वडा नम्बर १४ मा तीन पुरुष, ६ मा एक पुरुष, १२ मा एक्महिलासाहित तीन जनामा र वडा नम्बर १६ मा एक महिला तथा एक पुरुसकोरोना संक्रमित देखिएका छन् ।
यस्तै वडा नम्बर नखुलेका ४ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ .उनीहरु सबै कोरोना संक्रमण भएका व्यक्तिसंग सम्पर्कमा रहेकाकारण स्वाब परीक्षण गर्दा संक्रमित देखिएका बताइएको छ ।
